यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता पनि उत्तिकै म्युजिक भिडियोहरू सार्वजनिक भए l ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् – यो साता बजारमा आएका गीत ।

किरण गजमेरको ‘पारौँ कान्छी झ्याइँ झ्याइँ’ :
'भोइस अफ नेपाल सिजन ३' का विजेता किरण गजमेरको आवाजमा 'पारौँ कान्छी झ्याइँ झ्याइँ' बोलको गीत यसै हप्ता सार्वजनिक गरिएको हो l केदार उप्रेतीको शब्द र राजन राज सिवाकोटीको संगित गीतमा समावेश छ l शिशिर खातीले भिडियोको निर्देशन तथा कोरीयोग्राफी गरेका छन् l सलोन बस्नेत, शिशिर राणा , आइपी आचार्य ,सुरेश न्यौपाने, ओजस्वी थापा र आर्जूँ बैजुले भिडियोमा अभिनय गरेका छन् lसन्कल भुजेलको छायाङ्कन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन र राजेन्द्र मोक्तानले कलरिङ् गरेका छन् l फ्ल्याग अन क्राफ्ट स्टुडियो युट्युब च्यानलमा भिडियोलाई हेर्न सकिने छ l
वर्षा र सलोनको ‘सम्झेर :
एक्लै’अभिनेता सलोन बस्नेत र अभिनेत्री वर्षा राउत अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l राम अविरल विष्टको शब्द रचना रहेको 'सम्झेर एक्लै'मा गायिका मेलिना राई र एस् डी योगीले आवाज दिएका छन् l गीतमा संगीत पनि गायक तथा संगीतकार एस् डिकै रहेको छ l विवेक रसाइलीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोको दृश्य कैद नवराज उप्रेतीको रहेको छ lभूपेन्द्र अधिकारीको सम्पादन ,उज्ज्वल जोशीको रङ संयोजन, भिडियोमा समावेश छ l भिडियोलाई एक लाख माथि दर्शकले हेरेका छन् l

हरिवंशको ‘ए कालु भेना’ :
हाँस्य कलाकार तथा गायक हरिवंश आचार्यको आवाजमा समावेश गीत ‘ए कालु भेना’ इन्टरनेट रिलिज भएको १ दिन भयो l हाल सम्म यस गीतलाई २ लाख माथि दर्शकले हेरेका छन् भने सो गीत युट्युब ट्रेन्डिङको दशौँ स्थानमा पनि परेको छ l हरिवंशलाई आवाजमा गायिका मिलन नेवारले साथ दिएकी छिन् । गीतमा शब्द तथा संगीत हरिवंश स्वयमकै रहेको छ l गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा, आर्यन खरेलले अभिनय गरेका छन् ।साथै छायांकन नवराज उप्रेतीको र सम्पादन भूपेन्द्र अधिकारीको रहेको छ l भिडियोलाई गज्जब टिभीको युट्युब च्यानलमा हेर्न सकिने छ lगाउँ घरको परिवेश नै रमाइलो हुने भएकाले पनि विदेश नजानका लागि यो गीतले आग्रह गरेको छ ।
पवनको 'म जे छु' :
यसै हप्ता गायक पवनले सार्वजनिक गरेको गीत हो 'म जे छु' l 'म जे छु' बोलको म्युजिक भिडियो गिरीले आफ्नै आधिकारी युट्युब च्यानल 'पवन गिरी' बाट सार्वजनिक गरेका हुन् l सम्झना शाक्यले गीतको शब्द कोरेकी छिन् l विशाल पौडेलको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ / मास्टरिङ गीतमा समावेश छ l वरुण कोइरालाले भिडियोको निर्देशन साथै सम्पादन गरेका छन् l सुजय गौतमले छायाङ्कन गरेको भिडियोमा विष्णु खरेल ,पूजा गिरी र पवन भट्टराईको अभिनय देख्न सकिन्छ l
राज र बर्षाको ‘म यस्तो गीत गाउँछु’ :
गायक सुगम पोखरेल र गायिका सुष्मा विश्वकर्माको स्वरमा समावेश ‘म यस्तो गीत गाउँछु’ बोलको गीत हिजो सार्वजनिक गरिएको हो । सत्यराज चौलागाँइको शब्द, सरोज प्याकुरेलको संगीत गीतमा समावेश छ । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । भिडियोमा कलाकार राज कटुवाल र नायिका वर्षा सिवाकोटीले मोडलिङ गरेका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् ।साथै सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन छ । लामिछानेले भिडियोमा वर्षा र राजलाई रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन् । भिडियोलाई एट के एभरेस्ट मोसन्स पिक्चर्स युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
राजेश हमालको ;नाच न कान्छी नाच' :
अभिनेता राजेश हमालले फरक भूमिकामा अभिनय गरेको र्याप म्युजिक भिडियो 'नाच न कान्छी' सार्वजनिक भएको १ दिन भयो l अभिराज ओली (एम्सेन्ज) को भोकल रहेको र्यापको शब्द,संगीत र एरेन्ज ॐ सुनुवारको रहेको छ l देवेन्द्र कुवरको निर्देशन र कोरियोग्राफी भिडियोमा समावेश छ l हरि बहादुर घलेको छायाङ्कन , बन्दी प्रसादको सम्पादन र समीर मियाको कलरिङ् / भीएफ्क्समा भिडियो बनेको छ lराजेश हमालको अलावा भिडियोमा अस्मिता भट्ट,विमल बिटिएस, रहिसा रेग्मी र बिबिशा भण्डारीको अभिनय पनि देख्न सकिन छ l

पल र पूजाको ‘ए साइँली’:
टाँसी लामाको स्वर रहेको ‘ए साइँली’मा पल शाह र पूजा शर्माले अभिनय गरेका छन् । द डिभाइन म्युजिकमार्फत गत शुक्रवार यस गीत सार्वजनिक भएको हो । गीतमा उदास लामाको शब्द/संगीत र फणीन्द्र राईको एरेन्ज छ । रामजी लामिछानेले गीतको भिडियोमा कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । भिडियोमा सौरभ लामाको छायाँकन, बाङडे प्रसादको सम्पादन छ । भिडियोलाई अहिलेसम्म युट्युबमा २ लाख ८२ हजार बढी पटक हेरिएको छ ।
सुरक्षाको ‘ए नि बरै’ :
गायिका देवी घर्ती मगरको स्वरमा बुधवार ‘ए नि बरै’ गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा नेत्र अर्यालको शब्द, ऋषि खड्काको संगीत, कमल सौरागको एरेन्ज छ । विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियो फिल्मी शैलीमा बनाइएको छ । भिडियोमा अभिनेत्री सुरक्षा पन्तले अभिनय गरेकी छिन् । साथमा रमेश अधिकारी, रश्मि भट्ट, सनम कठायत, सरस्वती फूयाल, कृष्ण जोशी लगायतको अभिनय छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोलाई युट्युबमा ५ लाख ५५ हजार बढी पटक हेरिएको छ ।
प्रमोद खरेलको ‘ए माया’ : गायक प्रमोद खरेलको स्वरमा ‘ए माया’बोलको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो । गीतमा सुनिल बिसीको शब्द÷संगीत, विशाल निरौलाको म्युजिक एरेन्ज रहेको छ ।विक्रम चौहानको निर्देशनमा तयार भिडियोमा विक्रम बुढाथोकी, उषा उप्रेती, राजन आलेको अभिनय छ । प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यस भिडियोले युट्युबमा १ लाख ५० हजार बढी भ्यूज पाएको छ ।
शिल्पाको ‘हे माइती राजा’:
अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको तीज गीत ‘हे माइती राजा’ लाई पनि यसै हप्ता निर्माण टिमले सार्वजनिक गरेका हुन् । डम्बर बिकेलको शब्द, रिमेश कुमारको संगीत र रचना रिमालको स्वर गीतमा समावेश छ । गीतमा संगीत संयोजक ओम सुनारले भरेका छन् । नारीको वेदना, तीजको बेलामा माइतीले गरेको अवहेलनालगायत विषय भिडियोमा देखाउन खोजिएको छ ।भिडियोमा अभिनेत्री पोखरेलले एकल महिलाको भूमिकामा देखिएकी छन् । रामकुमार केसीको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको निर्देशन नबल नेपालले गरेका हुन् l
रचनाको 'तिजको महिना छ' :
गायिका रचना रिमालले पनि नयाँ तिज गीत बजारमा ४ दिन अघी सार्वजनिक गरेकी थिइन l'तिजको महिना छ' बोलको गीतको शब्द डिपी खनालले कोरेका हुन् l गीतको लय सिर्जना नवीन कार्कीको रहेको छ l गीतको एरेन्ज मिक्सिङ विशाल निरौलाले गरेका हुन् l भिडियोमा अनिता बस्नेत, सविना आचार्य, रक्षा बुढाथोकी र एलिना राणा फिचर्ड छन् l मिराज अर्यालको सम्पादन तथा छायाङ्कन रहेको भिडियोलाई योगेन्द्र कार्कीले निर्देशन गरेका हुन् l गीतले एक लाख माथिको भ्युज पाएको छ l