सुनसरीको एक सिनेमा हलमा आगलागी भएको छ l बिद्युत् सर्ट भएर झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी भएको हो l साइराम मार्केटको भवनमा रहेको म्याजिक सिनेमा हल झुम्काको एक मात्र फिल्म हल हो ।आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, दमकल र स्थानीयवासी लागिपरेको जनाइएको छ । आगलागी नियन्त्रणमा लिन ४ वटा दमकल उक्त स्थानमा पुगेका छन् l