नायिका पूजा शर्मा र युद्ध बानियाँ प्रेममा रहेको प्राय सबैलाई थाहा नै भइसक्यो l तर पूजाले आफू प्रेममा रहेको कुरा भने सार्वजनिक रूपमा बताएकी छैनन् l अभिनेता  आकाश श्रेष्ठ सँग सम्बन्ध चिसिए पछी उनी युद्ध सँग निकट बनेकी हुन् l यी दुई केही समयदेखि एक अर्कालाई डेट गरिरहेका छन् । सँगै घुम्ने, कफी पिउने र सपिङमा जाने लगायतका कृयाकलाप गरेर नै यी दुईको दिनचर्या बितेको छ l पछिल्लो समय यो जोडिको एक भिडियो पनि सामाजिक सञ्जालमा भाईरल भई रहेको छ l जसमा युद्ध र पूजा केही सहयोगीसँग पर्वतको कुश्मा पुगेर  बञ्जीजम्प गरेका छन् । सो बञ्जी जम्प गरेको भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छरिएको छ l तर बाठी पूजाले प्रेम लुकाउनलाई बानिया सँग सँगै बसेको तस्विर र भिडियो चाहिँ हालेकी छैनन् l