फिल्म ‘लाइफ इन एलए’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ l निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका छन् l पोस्टरमा मुख्य कलाकार ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा उनको अँगालोमा अभिनेत्री अकेशा विष्ट छिन् । फिल्मको दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l  फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् । शिल्पा मास्के र गौरव पहारीको अलावा फिल्ममा अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका रहेको छ l फिल्म दसैँको छेकोमा प्रदर्शनमा आउने निर्माण टिमको भनाइ छ