वरिष्ठ हास्य व्यङ्ग्य कलाकार सन्तोष पन्तको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ l गत शनिवारको एपिसोडमा जज रहेका सन्तोष पन्तले कमेडियन बिक्की अग्रवालले दिएको प्रस्तुतिमा असन्तोष जनाए पछी उनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको हो l हिजोको एपिसोडमा कमेडियन बिक्कीले प्यान्टोमाइम गरेका थिए l तर उनले दिएको प्रस्तुति नेपाली समाजमा नपच्ने सन्तोष पन्तको अभिव्यक्ति थियो l प्रोत्साहन गर्नु पर्ने ठाउँमा यस्तो खाले अभिव्यक्ति दिएको भन्दै  दर्शकले सन्तोष पन्तलाई सञ्जालमा जज बाट हटाउनु पर्ने प्रतिकृया दिएका छन् l साथै कमेडी नबुझ्ने कमेडिएन!रक्सीको जोक्स चाहिँ मजाले बुझ्छन्' बुढाले लगायतको कमेन्ट गर्दै पन्तको सामाजिक सञ्जालमा खिल्ली उडाइरहेका छन् l

एपिसोडमा कमेडिएन भरतमणि पौडेल र बिक्की बिच प्रतिस्पर्धा चलेको थियो l भरतले पूर्व सरकार पारस शाहको क्यारीकेचर गरेका थिए l साथै भरत पर्फमर अफ दि राउन्डको विजेता बनेर सिधै फिनालेमा पुगेका छन् l भने अन्य ३ बिच अब आउने एपिसोडमा  प्रतिस्पर्धा हुने छ l हिकमत महरा , सन्तोष थापा र बिक्की अग्रवालले आगामी एपिसोडमा आफ्नो प्रस्तुति दिने छन् l