निर्देशक गम्भीर विष्ट र टिकटकर बिना राउतको अभिनय रहेको म्युजिक भिडियो 'आउन माया बस यतै तिर' सार्वजनिक भएको छ l विनोद राईको आवाज र रुपेश डग्नको शब्द तथा संगीत गीतमा समावेश छ l भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् l गम्भीरको निर्देशन तथा कोरीयोग्राफी रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका छन् l
बाल कलाकार आश्रिना भट्टराईको अभिनय पनि भिडियोमा देख्न सकिन्छ l एस् थ्रीके एन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत भिडियोलाई हेर्न सकिने छ l