लघु फिल्म 'ठेस' इन्टरनेट रिलिज भएको छ l सविन न्यौपानेको निर्देशनमा बनेको फिल्ममा लगानी प्रवेश रिजालले गरेका हुन् l अन्य फेस्टिभलमा पनि सहभागिता जनाइ सकेको यस फिल्मको कथाले नेपाली युवाहरूले जीवनमा भोग्नु परेको आरोह अवरोहको विषयमा चित्रण गरेको छ । सह-निर्देशन् डेनी भाट्ट र सम्पादन सागर खतिवडाको भिडियोमा रहेको छ l भिडियोमा समावेश दृश्यहरूको कैद पनि सम्पादक सागर खतिवडाले नै गरेका हुन् l
समीर खनाल, सानु कुमार ताम्राकार, नारायण न्यौपाने, सञ्जय के.सी,डेनी भट्ट,जीवन न्यौपाने, सञ्जय किंग पौडेल, श्रेया मुनिकार, उत्सव दाहाल लगायतको फिल्ममा अभिनय देख्न सकिन्छ l लगभग १० मिनेट २४ सेकेन्ड रहेको उक्त फिल्म युट्युब च्यानल (रमाइलो) मा हेर्न सकिन्छ l