फिल्म ‘एक’को ट्रेलर सार्वजनिक भएको छ। ओएसआर डिजिटल नेपालको युट्युबमा ट्रेलर सार्वजनिक गरिएको हो l मनोज पण्डितको निर्देशन रहेको फिल्मलाई स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाईँ र सोफिया थापाले निर्माण गरेका छन् l फिल्मको मुख्य भूमिकामा विशाल पोख्रेल र प्रमोद अग्रहरी छन् l साथै बाल कलाकारमा विश्वंत पोखरेल देखिएका छन्। फिल्मको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ।
मधेसी मुद्रामा केन्द्रित गरिएर यस फिल्मको कथा लेखिएको छ l ग्रेटर नेपाल, दास ढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिमानहरू बनाइसकेका निर्देशक पण्डितको यो फिल्म ‘स्पाई थ्रिलर जनर’ हो।‘एक’ पण्डितको सातौँ फिल्ममा पर्छ l राजनीतिक परिचक्रभित्र घुमेको यो फिल्म एक्सनले भरिपूर्ण छ। फिल्म आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ।