गायिका मेलिना राई र गायक गोविन्द चेम्जोङ लिम्बुको आवाजमा गीत 'झ्यालको पर्दा' इन्टरनेट रिलिज भएको छ l रामजन सुब्बाको शब्द तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन समावेश छ l शैलेन्द्र थेबेको कन्सेप्टमा र सोनाम लामाको निर्देशन रहेको म्युजिक भिडियोको दृश्य पवन सुस्लिङले कैद गरेका छन् l
भिडियोको सम्पादन पनि छाँयाकार पवनकै रहेको छ l नायिका तथा मोडेल एलिसा राई र प्रदीप लामा (दि नेक्स्ट ग्रुप)लाई भिडियोमा फिचर्ड गरिएको छ । भिडियोलाई टुआरएल डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ l