पछिल्लो समय कलाकारहरूको राजनीतिक क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ l मिडियामा राजनीतिमा नजाने भनेर खोक्रो अभिव्यक्ति दिएता पनि भित्र भित्रै भने राजनीतिक दलमा प्रवेश गरेका उदाहरणहरू धेरै छन् l जसमा रेखा थापा , करीश्मा मानन्धर , 'मुला साग' सुरेन्द्र केसीहरू छन् l यी त मिडियामा देखाएर नै छिरेका थिए l नदेखाई छिर्ने त कति छन् कति ? नेताहरूले पनि कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमछाड गरिरहेको खबर पनि हामीले सुनी नै रहेको हुन्छौ l राजनीतिक दलमा प्रवेश गर्न पछिल्लो समय कलाकारहरूको होडबाजी नै चलेको छ l यसै क्रममा नायिका श्वेता खड्का र अभिनेता निखिल उप्रेतीलाई पनि राजनीतिक मोहले टाढा राख्न सकेन l नायिका मनीषा कोइरालाको नयाँ पार्टी एकीकृत शक्ति नेपालमा यी दुई आबद्ध रहेको बताइएको छ l गत सोमबार राजधानीमा एक कार्यक्रम गर्दै राजनीतिक दल घोषणासँगै निर्वाचन आयोगमा नाम दर्ता गरिने बताइएको हो l उक्त कार्यक्रममा नायिका श्वेता खडका र निखिल उप्रेतीको पनि उपस्थिति रहेको थियो l केही समय अघि नै काठमाडौँमा एक कार्यक्रमबिच ढिलो चाँडो कोइराला राजनीतिमा आउने संकेत गरेकी थिइन्। फिल्मको सुटिङका लागि स्विटजरल्यान्डमा रहेका कारण कोइराला भने घोषणा सभामा उपस्थित भएकी थिइनन् l