फिल्म ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक गरिएको छ l त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको 'पागल प्रेमीमा' प्रताप दास र कविता श्रेष्ठको स्वर छ । l एलिस कार्की र प्रतीक पौडेलले संयुक्तमा गीतमा संगीत भरेका छन् l फिल्म ‘लाइफ इन एलए’ को दृश्य अमेरिकामा र नेपालमा खिचिएको छ l वाश इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको कथामा आधारित रहेको छ l फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।
फिल्मका निर्माता व्यास बिस्सु र राजेन्द्र ठकुरी हुन् भने संसार सुवेदी कार्यकारी निर्मातामा रहेका छन् । शिल्पा मास्के र गौरव पहारीको अलावा फिल्ममा अकेशा विष्ट, व्यास बिस्सु, जेरेड विलप्स, बुद्धि तामाङ, विष्णु गौतम लगायतको मुख्य भूमिका रहेको छ l