भाद्र २३ बाट प्रर्दशन हुने चलचित्र २ रुपैयाँको 'कुटुमा कुटु' बोलको गीत यतिबेला सर्बत्र चर्चामा छ । अहिले सायदै यस्तो कुनै सांगीतिक कार्यक्रम होला जुन 'कुटुमा कुटु' बिना पुरा हुन्छ । सानो बालक देखि बुढापाका सम्म कुटुमा कुटुको प्रभाब परेको छ । त्यसैको फल स्वरूप 'कुटुमा कुटु' सबै भन्दा छिटो करोड भ्यु पाउने गीत बन्न पुग्यो । चलचित्र र गीतको यतिबेला चर्चा चलिरहँदा निर्माण पक्षले उक्त गीतको मेकिंग भिडियो सार्बजनिक गरेको छ ।

 

राजनराज सिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको गीतमा मेलिना राई र राजन इसानले साथ दिएका छन् । चलचित्रलाई असीम शाहले निर्देशन गरेका हुन् भने निश्चल बस्नेत,असिफ शाह, बुद्धि तामाङ लगायतको चलत्रिचमा मुख्य भूमिका रहेको छ । ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुँदैछ ।