गायिका विष्णु माझीको गीत 'चरी जेलैमा' ले सबै रेकर्ड तोडेको छ l नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास रच्दै छोटो समयमा नै करोडौँ भ्युजको आँकडा पारे गर्ने गीत बनेको छ l अगष्ट १८ मा रिलिज भएको यो गीतले आज सम्म आउँदा १ करोड अर्थात् १० मिलियन भ्युज पाएको छ l यसअघि पल र मलिका अभिनीत फूल बुट्टे सारी र टाढा भए पनिले युट्युबमा सबैभन्दा छिटो करोड भ्युको रेकर्ड बनाएको थियो । सार्वजनिक जीवनबाट गुमनाम भएकै कारण पनि विष्णु माझीप्रतिको चासो र कन्टेन्टको कारण गीतले गतिलो भ्यूज बटुलेको अनुमान लगाउन सकिन्छ l ‘पुतलीको भट्टी’ भाग १७ का रूपमा ल्याइएको गीतले टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलेको थियो । गीतमा सुन्दर मणि अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ । सुन्दर मणिकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी समावेश छ ।