अभिनय कोर्स पढ्नका लागि देहरादुन जाँदै गर्दा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा उपचार भएको थुप्रै समय बितिसकेको छ l ‘ब्रेन इञ्जुरी’का कारण विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेलाई अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी थिइन् l निशाको नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले दर्दनाक अवस्थाको विषयमा फेसबुकमा पोष्ट गरेका थिए । उक्त पोस्ट सामाजिक सञ्जालमा छरिए सँगै उनको उपचारको लागी सहयोगीमन् हरुले हातलाई पनि अघि बढाए l गत ३ महिना देखी उनी अस्पतालको शैयामा छिन् l तर पनि उनको स्वास्थ्यमा भने केही सुधार आएको छैन l हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भइसकेको छ l दुर्घटनापछि निशाको ब्रेन निक्कै ड्यामेज भएको र लामो समयसम्म उपचार विहीन अवस्थामा राखिएकाले पनि अहिले सबै कोसिसका बाबजुद पनि केही सुधार नआएपछि अस्पतालले रकम संकलन नगर्न पनि अनुरोध गरेको छ ।  डाक्टर पंकज उनको उपचारमा संलग्न छन् l  अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ l