‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट दर्जनौँ कलाकारहरू सम्मानित भएका छन् l काठमान्डौमा एक कार्यक्रम आयोजना गर्दै कलाकर्मीहरूलाई सम्मानित गरिएको हो l पूर्व उप राष्ट्रपति परमानन्द झाको अतिथिमा सम्मान ग्रहण गरिएको थियो l कार्यक्रममा नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारी लगायतका उपस्थिति रहेको थियो । रिवन इन्टरटेनमेन्ट प्रालिले आफ्नो सातौँ वार्षिकोत्सव अवसरमा आयोजना गर्दै कार्यक्रममा निर्देशक , कलाकार, संगीतकार , कोरीयोग्राफर  लगायतलाई सम्मान गरेको थियो l हास्य अभिनेता गोपाल ढकाल (छन्दे) निर्देशक राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसूदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बर बहादुर विश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक विधान कार्की, फिल्म निर्माता नवीन अधिकारी, फिल्म लेखक शिवम अधिकारी र आरती अधिकारी, संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, विशाल ढकाल र राजेन्द्र बजगाईँ, गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कँडेल, गायक सुरज पौडेल र चिरञ्जीवी भण्डारी, गायिका पारूँ रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, बाद्यवादक सुनिल सिंह नेपाली, कोरीयोग्राफर सुवास बुढाथोकी र रामजी लामिछाने, फिल्म छायांकार धनदिप योञ्जन (सौरभ लामा), जीवन पराजुली र रविचन्द्र कोइराला, फिल्म सम्पादक भूपेन्द्र अधिकारी, खालित खान (शाहिल) र सुरेश कुमार राउत, फिल्म रंग संयोजक रेनिश फागो लगायतका व्यक्तित्वहरू सम्मानको दाबेदार रहेका थिए l यसै गरी कलाकारमा अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, दुर्गा बास्तोला, विकास चापागाईँ, प्रेम पाण्डे, सुशील श्रेष्ठले, पनि सम्मान थापेका छन् l