एनाक्क्षी एन्टरटेन्मेन्टको प्रस्तुति रहेको म्युजिक भिडियो 'तिम्रै नग्मा' सार्वजनिक भएको छ l स्वरुप राजा आचार्यको आवाजमा समावेश गीतमा शब्द तथा संगीत दीपक सिलवालको रहेको छ l किरण कँडेलको संगीत संयोजन र सिलम लम्सालले भिडियो सम्पादन गरेका छन् l

माइकल चन्दको निर्देशनमा बनेको म्युजिक भिडियोको दृश्य कैद उत्सव दाहालले गरेका हुन् l भिडियोमा टिकटकर दिदी बहिनी प्रिज्मा -प्रिन्सी खतिवडा र अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन् l  भिडियोलाई एनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब च्यानलमा हेर्न सकिने छ l