गायक समीर आचार्यको स्वर तथा संगीतमा नयाँ गीत  सार्वजनिक भएको छ । ‘मै मरी जाउँ’को गीतमा वसन्त विवश आचार्यले शब्द कोरेका छन् l भिडियो शान थापाले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोको सम्पादन सुप्रीम पराजुलीले गरेका हुन् l भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

तौवा क्रीएसनको प्रस्तुति रहेको म्युजिक भिडियोलाई युट्युब च्यानल एम एट म्युजिक फ्याक्ट्री बाट सार्वजनिक गरिएको छ l