नायिका संचिता लुइँटेल लामो समय पछी पुनः ठुलो पर्दामा फर्किएकी छिन् l ठुलो पर्दाको फिल्म यानिकि ‘म राजेश हमाल’ मार्फत उनी कम्बयाक भएकी छिन् l लामो समय पछी ठुलो पर्दामा काम गर्न पाउँदा आफू निक्कै नै उत्साहित रहेको उनको भनाइ छ l निर्माण टिमले आयोजना गरेको एक कार्यक्रममा उनले आफ्नो अभिव्यक्ति दिएकी हुन् l गत वर्ष देखी कोरोनाको कारण शून्य बनेको फिल्म क्षेत्रमा म राजेश हमाल ले ठाउँ लिने र उक्त फिल्मले दर्शकलाई राम्रो सन्देश दिने लुइँटेलले बताएकी छिन् l साथै समय अनुसार फिल्म क्षेत्रले फड्को मारेको कारण आफू फिल्म क्षेत्र बाट टाढा रहेको जस्तो देखिएता पनि आफू भने टाढा नरहेको उक्त कार्यक्रममा बताएकी थिइन् l एकपछि अर्को फिल्ममा काम गर्ने कुनै समय थियो । सधैँ समय एकनास हुन्छ भन्ने पनि होइन । अहिले फिल्म क्षेत्रमा नयाँ नयाँ अनुहार भित्रिएका छन् । नयाँलाई पनि अवसर दिनुपर्छ । अब, हामीले फिल्ममा काम गर्ने मात्र भन्दा पनि दर्शकलाई नयाँ के दिने भन्ने विषयमा सोच्नुपर्छ । म जस्तै अरू कलाकारमा पनि यस्तै सोच आएको हुनुपर्छ ।’ संचिता भन्छिन् l फिल्मलाई विक्रम लामा (जोन योञ्जन) ले निर्देशन  गर्ने छन् l आउँदो भदौ २० गते फिल्म फ्लोरमा जाँदै छ l फिल्मको लोकेसन धनगढी आसपासलाई निर्माण टिमले सेट गरेका छन् l फिल्मको मुख्य भूमिकामा सञ्चिता लुइँटेलको अलावा , आर्यन सिग्देल , मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने अनुबन्ध भइसकेका छन् ।