चलचित्र 'प्रेम गीत २' टिमले सर्लाही ज़िल्लाका अति प्रभावित क्षेत्रमा राहत वितरण गरेको छ । उक्त ठाउँको छत्रआना, मानपुर लगायतको गाउँमा चलचित्र टिमले स्थानीय प्रहरी प्रशासनको सहयोगमा रामपुर युनाईटेड युवाक्लबलाई रू ४ लाख नगद र रू ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको छ । यस अघि नै चलचित्र टिमले चलचित्रको एक दिनको कमाई सहयोग गर्ने घोषणा गरिसकेको थियो ।

राहत वितरणका लागि चलचित्रका निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का, नायिका अश्लेशा ठकुरी लगायतका टिम उक्त प्रभावित क्षेत्रमा रहेका छन् । आवश्यक ठाउँमा उचित सहयोग गर्नुपर्ने भन्दै भोलि पुन राहत सामग्री वितरण गरिने निर्माता सन्तोष सेनले बताए ।