नायिका वर्षा सिवाकोटीले हात्तिवन एक अपार्टमेन्ट खरिद गरेकी छिन् l साँढे दुई करोडमा उनले हात्तिवनमा अपार्टमेन्ट खरिद गरेकी हुन् l यस अघि उनी कौसल्टारमा बस्दै आएकी थिइन् l आमाको सहयोगमा उक्त अपार्टमेन्ट खरिद गरेको वर्षाले बताएकी छिन् l सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । सामाजिक सञ्जालमा पूजा गरेको तस्बिर राखेकी वर्षा आफ्नो मेहनतको कमाइले उक्त अपार्टमेन्ट खरिद गर्न पाउँदा खुसी छिन् l वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् । वर्षा मात्रा नभई पछिल्लो समय कलाकारहरूले कलाकारिता क्षेत्रमा लागेर विलासिता जीवन बाँच्न सकिन्छ भन्ने उदाहरण दिइरहेका छन् l जसमा अभिनेता पुष्प खड्का , प्रकाश सपुत , जितु नेपाल , पूजा शर्मा , पल शाहलाई उदाहरण रूपमा लिन सकिन्छ l