कोरोनाका कारण लामो समय देखी बन्द रहेको फिल्म हल भोलि देखी खुल्ने भएका छन् l आज बसेको बैठकले सिनेमा हल खोल्न दिने निर्णय गरेको हो l काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिएको जानकारी गराएका छन् l प्रशासनको आदेशको पालना भए नभएको अनुगमन गर्ने समेत जनाएका छन् l ‘स्मार्ट लकडाउनको कार्यविधिअनुसार फिल्म हल खुलाउन अनुमति दिएता पनि हल सञ्चालकहरूले तत्कालै हल खुलाउने अवस्था नरहेको बताएका छन् l सिनेमा हलहरू पहिलो कोरोना बिच नै खोलिएको थियो l तर दोश्रो कोरोनाको आगमन भए सँगै सरकारले पुनः हल बन्द गर्नु पर्ने अनुमति दिएको थियो l साढे ४ महिनापछि हलहरु संचालनमा आउन लागेका हुन् ।