नायिका करीश्मा मानन्धरले इन्टेक्स ब्राण्डलाई नेपालमा भित्र्याएकी छिन l अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल यस ब्राण्ड इलेक्ट्रोनिक्स सामान सँग जोडिएको छ l करीश्माले आधिकारिक रूपमा ब्राण्डलाई भित्र्याएकी हुन् । रिसिककी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अभिनेत्री मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताको रोजाई इन्टेकमा हुने विश्वास गरेको सुनाइन् । २५ वर्ष अघि सो ब्राण्डको सामान नेपाल भित्रिए पनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रूपमा पहिलो पटक नेपाल भित्रिएको हो । आठ वर्ष पहिले यस कम्पनीले उत्पादन गरेको मोबाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्बर एक ब्राण्डको रूपमा स्थापित भएको कम्पनीले बताएको छ । विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरू गुणस्तरीय भरपर्दो रहेको कम्पनीको दाबी छ । सो ब्राण्ड उपभोक्ताको रोजाई बन्नेमा कम्पनी विश्वस्त छ l कुनै पनि इलेक्ट्रिक सामान खरिद गर्दा उक्त सामानमा कम्पनीले एक वर्ष देखि दश वर्षसम्मको वारेन्टी पनि राखेको छ l