नेपाली छोटो फिल्म 'जुनको' ग्रिसको फिल्म फेस्टिभलमा छनौट भएको छ l एभरेस्ट फिल्म कलेजका बिध्यार्थीहरुले निर्माण गरेको उक्त फिल्म ग्रिसको ४४औ ड्रामा इन्टरनेस्नल सर्ट फिल्म फेस्टिभलमा पर्न सफल भएको हो l विश्वभर बाट निर्माण भएको २००० फिल्महरू बाट ४४ वटा फिल्म मात्र उक्त फेस्टिभलमा छनौट भएको थियो l जसमा जुनको पनि पर्न सफल भएको हो l फिल्मको कथा साथै निर्देशन मिङ्सो लिम्बुको रहेको छ l प्रेम प्रसाद अधिकारी र निर्देशक स्वयमको लगानीमा निर्माण भएको यस फिल्ममा कलाकार सरिता गिरी , विशाल न्यौपाने , सुभाष बोम्जन र गरीमा सिङको अभिनय रहेको छ l फिल्मको दृश्य नीरज भुसालले कैद गरेका हुन् भने सम्पादन पासाङ दावा शेर्पाको रहेको छ l साथै राजेन्द्र मोक्तानको कलरिङ् ,राजेश कुटु प्रोडक्सन ,ईन्द्र लाल श्रेष्ठ गफर र राकेश शाहले सहायक छायाङकार भएर फिल्ममा काम गरेका छन् l यस अघि पनि एभरेस्ट फिल्म एकेडेमीका बिध्यार्थीहरुले निर्माण गरेका थुप्रै फिल्महरूले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता जनाइ सकेको छ l