सरकारको निर्णय अनुसार आज बाट सिनेमा हलहरू सञ्चालनमा आएको छ l एकातिर खुसीको विषय बनेको छ भने अर्कातिर सिनेमा हल खुल्नु चिन्ताको विषय पनि बनेको छ l चिन्ताको विषय यो छ कि सिनेमा हल त खुल्यो तर चलाउने के l पाइप लाइनमा रहेका नयाँ फिल्महरू पनि निर्माताहरुले चलाउने छाटकाट देखिएको छैन l पुरानै फिल्म रिलिज गर्दा दर्शकले हेर्ने सम्भावना न्यून छ l साथै अर्को प्रश्न के उब्जिन्छ भने , हल पनि खुल्यो , नयाँ फिल्म पनि चल्यो ! तर दर्शक आउँलान ? यही प्रश्नले अहिले सिनेमाकर्मीहरूको मनमा वासस्थान बनाएको छ l अर्को हिसाबले हेर्दा फेरी लामो समय पछी फिल्म हल खोलेको , दर्शक त बाढी सरह ओइरिन्छन् भन्ने सोच् पनि आउँछ l निर्माता तथा निर्देशक दीपेन्द्र के खनालको पनि भनाइ पनि यही छ l उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘फिल्म हल त खुल्ने भयो, तर देखाउने के ?, उनले अगाडि थपेका छन् ‘सरोकारवाला सबै एकजुट भएर सिनेमा क्षेत्र चलायमान बनाउन लागि पर्ने कि !’ उक्त क्याप्सनको उत्तर कमेन्टमा दिँदै कति दर्शकले पुरानो हिट फिल्म लगाउनु पर्ने अभिव्यक्ति दिएका छन् l भने कतिपयले उनकै हिट फिल्म आमा देखाउनु पर्ने बताएका छन् ।