नायिका केकी अधिकारीले 'ए पुरुष' भिडियो कविता सार्वजनिक गरेकी छिन् l कुञ्ज थिएटरमा खिचिएको भिडियोलाई श्रद्धा प्रसाईँले निर्देशन गरेकी छिन् l बिम्ब अधिकारीको सहायक निर्देशन रहेको भिडियोलाई निशान शाहीले खिचेका छन् l भिडियोको सम्पादन पनि निर्देशिका श्रद्धाले नै गरेकी हुन l

उक्त भिडियो कविताको निर्माण ट्रेक्स्मिन स्टुडियोले गरेको हो l रत्न बिकको बाँसुरी , हेमन्त कान्छाको सारङ्गी र मनोज खड्काको मिक्सिङ मास्टरिङ् कवितामा समावेश छ l कवितालाई केकीकै आधिकारिक युट्युब च्यानल 'केकी अधिकारी' बाट सार्वजनिक गरिएको छ l