नायक अनमोल के सी जति चर्चामा छन् त्यति नै प्रतिक्षित छ चलचित्र 'कृ' । तर यति बेला भने अनमोल चलचित्रको छायांकन थाती राखेर अमेरिकामा रमाउदै छन् । उनि केही दिन अघि अवार्ड समारोहको लागी अमेरिका पुगेका थिए । अनमोलले उक्त अवार्डमा चलचित्र ‘गाजलु’बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारे ।

अवार्ड कार्यक्रम पश्चात अमेरिकाको बिभिन्न ठाउँमा रमाउदै गरेको तस्बिरहरु उनले सामाजिक संजालमा पोस्ट गरेका छन् । यता चलचित्र 'कृ' छायांकन अझै बाँकी रहेको बुझिएको छ । अनमोल अमेरिकाबाट फर्केपछि छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।