अभिनेता महानायक राजेश हमाल यती बेला आलोचित बनेका छन् l हालै उनले अभिनय गरेको एक र्‍याप म्युजिक भिडियोले उनलाई आलोचित बनाएको हो l 'नाचन कान्छी' बोलको म्युजिक भिडियो बजारमा आए पछी उनलाई दर्शकले हेर्ने दृष्‍टिनै फरक बनाएका छन् l महानायक भएर आफ्नो हैसियत नै बिर्सेको भन्दै थुप्रै दर्शकले उनी माथि घोच पेच गरेका छन् l भिडियोलाई लिएर फ्यानहरू हमालप्रति आक्रोशित छन् । आफ्नो हैसियतलाई बिर्सिएको र स्टेटस मेन्टेन गर्न नसकेको आरोप उनीमाथि लगाइएको छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले कमेन्ट गरेका छन्: महानायक जस्तो मान्छेले अहिले यो उमेरमा आएर, जबकि कुनै फिल्म आउन छाडिसकेको अवस्थामा, यस्तो नेपाली समाजमा सजिलै नपच्ने पोसाक लगाएको गीतमा अभिनय गर्दा तपाइको शुभेच्छुकहरूमा राम्रो सन्देश भने पक्कै जाने छैन ।’ साथै अर्का एक सञ्जाल प्रयोगकर्ताको पनि यस्तै भनाइ छ l यो गीत हेरेपछि मलाई लाग्छ हमालले आफ्नो हैसियत नै बिर्सिएका छन् । अर्का एक प्रयोगकर्ताले त महानायकले आफ्नो सम्मान र इज्जत गुमाएको टिप्पणी गरेका छन् । यो प्रतिक्रियाको सूचीमा लामै छ र यसबारे हमालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । केही वर्षयता जस्तो पायो त्यस्तै टीकटक बनाउने र म्युजिक भिडियोमा खेलेर मर्यादा बिर्सिएको भन्दै उनको आलोचना हुने गरेको छ । यो प्रतिक्रियाको सूचीमा लामै छ र यसबारे हमालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।