कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायकबाट ऋचा शर्माले छाड्ने भएकी छन्। आमा बन्ने समय नजिकिँदै गर्दा उनले स्वास्थ्यलाई मध्य नजर गर्दै शो बाट विश्राम लिने भएकी हुन् l शोको दोस्रो संस्करणको अन्तिम तीन छनोट हुँदासम्म निर्णायक रूपमा उनी रहेकी थिइन् l कमेडी च्याम्पियन सिजन २ को फाइनल आगामी २ असोजमा हुने छ । त्योभन्दा अघि तीनै जना प्रतियोगीहरू आ-आफ्नो गृह नगरको भ्रमणमा जानेछन् । भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका र विक्की सिक्किमका हुन् । टप ४ को प्रतिस्पर्धामा भरतमणि र विक्कीको सर्वाधिक चर्चा भएको थियो । भरतमणिले पूर्व युवराज पारसको नक्कल उतारेर वाहवाही बटुलेका थिए । साथै हिकमत महरा भने शो बाट बाहिरी सकेका छन् l सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रूपमा छन्।