अभिनेता सिद्धार्थ शुक्लाको निधन पछी उनकी प्रेमिका शहनाज गिलको अवस्था पनि बिग्रिएको छ l बिग बोस् बाट सिद्धार्थ सँग प्रेम सम्बन्धमा बाधीएकी शहनाजको अवस्था बारे भारतीय संचारले उल्लेख गरेको हो l लामो समय देखिए एक अर्कालाई डेट गरी रहेका थिए यी जोडी l सिद्धार्थ र शहनाजको सामाजिक संजालमा लोभलाग्दो फ्यान फलोअर्स समेत छन् । शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन् । उनका पिताले शहनाजको अवस्था ठिक नभएको जानकारी दिएका थिए । उनले भनेका छन्–‘म अहिले नै कुनै कुरा गर्ने अवस्थामा छैन । जे भयो यसमा हामीलाई कुनै पनि विश्वास छैन । मैले शहनाजसँग कुरा गरेको थिएँ । उनी ठिक छैनन् । मेरो छोरा शहबाज शहनाजसँगै रहन मुम्बई प्रस्थान गरिसकेका छन् ।’ यस्तै, सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको भारतीय मिडियासँग प्रतिक्रिया दिएका छन् । खुलेआम यी दुईले आफ्नो प्रेम सम्बन्ध बारे पनि मिडियामा व्यक्त गरी सकेका छन् l सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । गत बिहीबार ह्रिदयघातको कारण शुक्लाको निधन भएको थियो l