निर्देशक दिवाकर भट्टराई नयाँ फिल्मको तयारीमा लागेका छन् l नाम सार्वजनिक नगरिएको उक्त फिल्मको अहिले स्क्रिप्टमा काम भई रहेको छ l फिल्मलाई डेब्यु निर्माता पुनम यादवले निर्माण गर्ने लागेकी हुन् l उनको निर्माणमा बनेको हिन्दी गीत ‘इबादत’ आज सार्वजनिक पनि भएको छ l जसमा गायिका स्मिता दाहाल सुमधुर आवाज दिएकी छिन् l निर्देशक दिवाकर भट्टराईको नयाँ फिल्म ‘तिमीसँगै हुने मन छ’ छायाङ्कनको तयारीमा पनि छ l अघिल्लो वर्ष नै फ्लोर उत्रिएका उनी कोरोनाका कारण पछी हटेका थिए l फिल्मको छायांकनका लागि नायकसहितको टोली गत चैतमा भारतबाट नेपाल आएको थियो । करिब दुई साता वर्कसप पनि भयो । फिल्ममा नेपाली कलाकार सँगै भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ l