अभिनेता राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेको फिल्म ‘सत्यं’ को तयारी दमदारका साथ भइरहेको छ l फिल्मको लागि अहिले भव्य सेटको निर्माण भइरहेको छ l पोखरामा सेट निर्माणको काम भइरहेको हो । नेपाली फिल्म इतिहासकै ठुलो सेटमा निर्माण टिमले फिल्म खिच्न लागेका हुन् l यो सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठुला भवनहरूको दृश्यहरू खिचिनेछ l फिल्मलाई रेसम सापकोटाले निर्माण गर्दै छन् । सत्यममा श्याम मल्ल कार्यकारी निर्माताको रूपमा रहेका छन् l   समाजका एक नायकको कथा भन्ने फिल्म नवयुग सिनेमाको ब्यानरमा निर्माण हुने छ ।  फिल्मको कथा निर्माता सापकोटा आफैँले तयार गरेका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने यस फिल्ममा सह -निर्माता रेसम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहेका छन् । विदुर पाण्डे छायाँकार रहने फिल्ममा नयाँ र पुराना कलाकारको अभिनय रहने छ l निर्माण टिमले केही समय अघि फिल्मको अडिसन गरी सकेको छ l दसैँ लगत्तै वर्कसपमा जाने तयारीसहित काम भइरहेको फिल्ममा अभिनेता द्वय अनुप विक्रम शाही र पल शाहको पनि मुख्य भूमिका रहनेछ । त्यस्तै, फिल्मको महत्वपूर्ण भूमिकाको लागि अभिनेता अभय बराल पनि अनुबन्ध भइसकेका छन् । फिल्मका लागि नायिका भने फाइनल भइसकेका छैनन् ।

Cine pati

फिल्ममा हमालले मुख्य पात्र (सत्यम) को भूमिका निर्वाह गर्नेछन् भने अनुप विक्रम शाही भिलेनको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेसम सापकोटा र विष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समीक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ ।