भदौ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'ए मेरो हजुर २' यति बेला मोफसल प्रमोसनमा रहेको छ ।हरितालिका तिजको अवसरमा चितवन पुगेको चलचित्र युनिट त्यँहा निकै रमाइलो गरेको देख्न पाइएको थियो । मोफसलमा चलचित्रकी निर्देशक झरना थापा, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिनमान बनियाँ, सलोन बस्नेत पुगेका थिए । टिमले चलचित्रको गीतसँगै नृत्य गरेको थियो ।

चितवनको प्रमोसन सकाए सँगै यति बेला चलचित्र टिम प्रमोसनको क्रममा पोखरा पुगेको छ । पोखरामा प्रमोसन सकाएर टिम काठमाडौँ फर्किने छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको ए मेरो हजुर २ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा साम्राज्ञी, सलिनमान, सलोन बस्नेतको साथै अम्बर सुवेदी, अम्बर पौडेल, अनुभव रेग्मी, विल्सनविक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । यस वर्षको आस गरिएको चलत्रित्र मानिएको ए मेरो हजुर २ को गीत तथा ट्रेलरहरुलाई दर्शकले रुचाएका छन् ।