गायक अशोक दर्जीले हिन्दी गीत गाएका छन् l गीतको बोल रहेको छ ‘माँ’  l  टंक बुढाथोकीको संगीत रहेको गीतको शब्द समीर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ ।

ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका छन् । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् । सार्वजनिक गीतलाई टंक बुढाथोकीको अफिसियल युट्युब च्यानल 'टंक बुढाथोकी' बाट हेर्न सकिने छ l