‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुरेश राज पाठक, मधुसूदन थापा मगर र ममता गुरुङको स्वर रहेको गीतको शब्द सृजना कल्पना आंगबुहागंले कोरेकी हुन् l गीतमा अशोक कुमार राईको संगीत रहेको छ । दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन रहेको छ ।
भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् l बेलायतमा छायांकन गरिएको भिडियो नेपाल चलचित्र कलाकार संघ युकेको प्रस्तुतिमा तयार भएको हो । गीतमा रोमियन लिम्बु, ध्रुव दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर लगायतको अभिनय रहेको छ l