भिम्फेदी गाइजको प्रस्तुतिमा म्युजिक भिडियो 'तिनपाने' रिलिज भएको छ l तार्जन लिम्बु आवाजमा समावेश रहेको गीतको शब्द तथा संगीत लेट प्रमोद मोक्तानको रहेको छ l गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन् l भिडियोको कन्सेप्ट साथै निर्देशन निर्मल कुमार लामाले गरेका छन् l

भिडियोको सम्पादन दिपेन बस्न्यातले गरेका हुन् l सार्वजनिक भिडियोको दृश्य कैद पनि सम्पादक बस्न्यातकै रहेको छ l   भिम्फेदी गाइज सँग मोडेल पुष्प गुरुङ लामा र कविता थामीले अभिनय गरेका छन् l भिडियोलाई भिम्फेदी गाइज आधिकारिक युट्युब च्यानलमा हेर्न सकिने छ l