फिल्म ‘डाँडाको वरपीपल’ यती बेला छायाङ्कनको क्रममा छ l ६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिएको छ l हाल फिल्मको एक गीतको सुटिङ भइरहेको छ l गीतमा अभिनेता सलोन बस्नेत र रुबिना थापाले अभिनय गरेका छन् l गीतमा अभिनेता सलोन बस्नेतलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा लगाएका छन् । बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्ममा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया÷एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म दसैँमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुँदै छ l