फिल्म ‘ग्रिन वर्ड’ को निर्माण घोषणा भएको छ । फिल्ममा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिँदै छिन् l प्रमोद कँडेलले फिल्म निर्देशन गर्नेछन् । मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका उनी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दै छन् l योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने लागिएको हो l सुरक्षाको अलावा फिल्ममा कमलमणि नेपाल र अफरान अलिको पनि मुख्य भूमिका रहेको छ l निर्माण टिमले फिल्मको लोकेसन चितवनलाई नै रोजेका छन् l परिवार र विश्वकै मूल्य मान्यताविरुद्ध गएर आफ्नै जीवन जिउन चाहने एक युवतीको संघर्ष ‘ग्रिन वर्ड’ को कथा हो । फिल्म आगामी सातादेखि छायांकनमा जाँदै छ ।