अभिनेता सिद्धार्थ शुक्लाको निधनले एक फ्यानको स्वास्थ्य अवस्था गम्भीर बनेको छ l उक्त फ्यानको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ l तस्बिरमा उक्त फ्यान अस्पतालमा छन् l सो फ्यानको स्वास्थ्य अवस्था बारे जानकारी दिँदै अस्पतालका डा.जयेश ठाकेरले लेखेका छन् l '‘चाँडै निको होऊ । डाक्टरले उनी आंशिक कोमामा भएको बताएका छन् । अत्यधिक तनावका कारण उनका आँखाका नानी र शरीरका अंगले काम गरिरहेका छैनन् । सबै प्रशंसक र समर्थकलाई शान्त रहन सल्लाह दिन्छु । धेरै नसोच्नुहोस् र आफ्नो दिमागलाई अन्य कुरामा भुलाउनुहोस् । मलाई थाहा छ, यो सहज छैन तर तपाईँहरूले सिद्धार्थलाई जान दिनुपर्छ । प्रार्थना ।’ साथै उक्त तस्बिर चर्चाको विषय बने सँगै कविता कौशिक नामका एक व्यक्तिले नि अपिल गर्दै लेखेका छन् l ‘आइसियुमा एक प्रशंसकको फोटो देखेँ जो कोमामा छिन् । सिद्धार्थ र शहनाजका प्रशंसक कृपया आफ्नो ख्याल राख्नुहोस् । तपाईँहरू आफ्ना अभिभावक र परिवारबारे पनि सोच्नुहोस् भनेर अपिल गर्न चाहन्छु । सिद्धार्थ यो कुराले कहिल्यै खुसी हुने छैनन् । उनलाई इज्जत दिनका लागि कृपया बलियो हुनुहोस् र अघि बढ्नका लागि एक–अर्कालाई मद्दत गर्नुहोस् ।’ गत बिहीबार हृदयाघातका कारण अभिनेता  शुक्लाको निधन भएको थियो l