लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै निर्देशका सुदर्शन थापा र संचारकर्मी सुप्रिया कटुवालले आज इन्गेजमेन्ट गरेका छन् l काठमान्डौ स्थित रेडिसन होटेलमा यी दुईले पारिवारिक उपस्थितिमा औँठी साटा साट गरेका हुन् l एपी वान् टेलिभिजनमा कार्यरत रहेकी सुप्रियाले साँढे सात नामक फिल्म साथै दर्जनौँ म्युजिक भिडियोमा पनि अभिनय गरी सकेकी छिन् l यो जोडी आउँदो असोज २२ गते हिन्दू परम्पराअनुसार विवाह गर्ने तयारीमा छ । अभिनेता राज कटुवालको माध्यमबाट सुदर्शन र सुप्रियाको चिनजान भएको हो ।तस्बिरमा सुप्रिया र सुदर्शनको औँठी साटासाट l