नेपाली सिनेमा क्षेत्रमा रेखा थापा नौलो नाम होइन् । झण्डै थापाले सिनेमा क्षेत्रमा २ दशक बिताउन लागी सकेकी छिन् । अभिनयको साथै राजनितिक र समाजसेवामा अग्रसर रहने थापाले केही दिन अघि मात्र आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् । अविवाहित रहेकी रेखा आफ्नो लागी विवाहको प्रस्ताव आइरहने बताएकी छिन् । हाल नयाँ चलचित्र रुद्रप्रियाको प्रदर्शन मिति कुरिरहेकी रेखा समय आएसँगै विवाह गर्ने बताएकी छिन् । छोरीलाई विवाहको प्रस्ताव आउने गरेको रेखाकी आमा बताउछिन् । छोरीको कामलाई साथ दिने मान्छे , माया गर्ने ज्वाईँ चाहिएको उनकी आमा बताउछिन् ।
रेखा थापा र उनकी आमासँग गरिएको कुराकानी