नेपाली-अमेरिकन कलाकार सङ्घको चौथो अधिवेशनको अध्यक्षमा मोडेल निशा सुनार निर्वाचित भएकी छिन् ।  सुनारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । ङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, विक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्ष पुष्कर बराल, सहकोषाध्यक्ष पूजा न्यौपाने र यूथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएका छन् l साथै र्ड सदस्यमा चिनियाँ लाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस्नेत, नवीन श्रेष्ठ र माया राई निर्विरोध रहेका छन् l  मङ्गलबार आयोजित भएको कार्यक्रममा सङ्घका प्रमुख संरक्षक अभय ढुङ्गेल, वरिष्ठ कलाकार डा महेशराज ठाकुर, न्हुच्छेनारायण डङ्गोल, नरबहादुर दाहाल, आङ गेलु शेर्पा, गोमा योञ्जन गुरुङ, नरवीर गुरुङ, सन्जोक लामा योञ्जन, नायक विक्रान्त बस्नेत, पत्रकार दिवाकर बाग चन्दलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा महावाणिज्यदूत विष्णुप्रसाद गौतमले नेपाली कला क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउनका लागि नेपाली अमेरिकन कलाकार सङ्घले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे l