बलिउड अभिनेता अक्षय कुमारको आमाको निधन भएको छ l कुमारकी आमा अरुणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको हो l उक्त खबर अक्षयले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन l आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्षय बेलायतबाट फिल्म ‘सिन्ड्रेला’को छायांकन छाडेर केही दिन अघि भारत फर्किएका थिए । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् । अक्षय कुमारले लेखेको पोस्ट यस्तो छ : ‘उनी मेरी महत्त्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट  बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईँहरूको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौँ । ओम शान्ति ।’