विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सव ‘भेनिस फिल्म फेस्टिभल’ आज बाट सुरु भएको छ l ७७ पार गरी ७८ औँ संस्करणमा आएको फिल्म महोत्सव इटालीमा सुरु भएको हो l  यस वर्षकै बहु प्रतीक्षित फिल्महरू साइन्स फिक्सन ड्युन र दिवंगत राजकुमारी डायनाको बायोपिक स्पेन्सर प्रिमियर हुने तयारीमा छन् । कोरोना महामारीको कारण गत वर्ष रोकिएको भेनिस यस पटक भने भौतिकरुपमै सुरु भएको हो । डेल्टा भेरिएन्ट फैलिएको इटाली सहरमा कोभिड प्रोटोकल पालना गर्दै फेस्टिभल आयोजना भएको हो । फिल्म प्यारा साइटबाट अस्कर जितेका दक्षिण कोरियाली निर्देशक बोङ जोन हो यस पटक फेस्टिभलको मुख्य निर्णायक छन् ।

Cine pati Cine pati Cine pati Cine pati Cine pati

नेटफिल्क्स फिल्म ‘द पावर अफ डग’ समेत फेस्टिभलमा प्रदर्शन हुनेछ । भेनिसमा यस पटक २१ वटा फिल्मले प्रतिस्पर्धा खण्डमा भाग लिएका छन् । साथै उक्त फेस्टिभलमा किस्र्टन डन्स्ट, केट हड्सन, हेलेन मिरेन, अभिनेता म्याक गिलेनहाल, तिमोथी चार्लामेट डेमी मुरेसहित लगायतका विश्व स्टारहरू पनि रेडकार्पेटमा प्रस्तुत भएका थिए l    

Cine pati Cine pati Cine pati Cine pati Cine pati
भिडियो: