नायिका छुल्ठिम गुरुङ अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘कतै हराए भने’ बोलको गीतमा बिराज गौतमको शब्द, स्वर र संगीत समावेश छ।गीतलाई शैलेस श्रेष्ठले एरेन्ज गरेका हुन्।
देव पाण्डेले सम्पादन र कलर गरेका भिडियोको दृश्य कैद ज्याक्रीया अल्साबाइले गरेका छन् । अभिनयमा छुल्ठिमलाई राज कुमार न्यौपानेले साथ दिएका छन । सार्वजनिक भिडियोलाई छुल्ठिमको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिने छ ।