नायिका ऋचा शर्माले आफू आमा बनेको खुसी सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी छिन् l छोरा आभ्यान विक्रम राणालाई गत बुधवार ऋचाले जन्म दिएकी थिइन् l
ऋचाको स्ट्याटस: आज धेरै कुराहरू लेख्छु भनेर सोचिरहेको थिए, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिए। तर आज शब्दको अभाव महसुस भइरहेको छ,भावनालाई कसरी बुनुम भइरहेको छ। हिजो सम्म आफै केटा केटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ। सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ,आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरू मनमा खेलिरहेका छन्। उत्सुकता, अस्थिरता, हर्ष, पिर, डर, दृढता, संकल्पहरुको बाढी मन भित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तीको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइन जीवनमा आज सम्म के कति कमाए लेखा-जोखा छैन, तर आमा झैँ माया गर्ने सासू आमा हुनुहुन्छ, बुवा झैँ आशीष दिने ससुरा बुवा हुनुहुन्छ, र मनले मागे भन्दा बढी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झैँ लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकूँ भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईँहरू सम्पूर्ण शुभचिन्तकहरूको सधैँ झैँ माया, मार्गदर्शन, शुभेच्छा र आशीशको अपेक्षा गर्दछु। छोरा आभ्यान विक्रम राणाको तपाइहरू सम्पूर्णलाई न्यानो माया।