गत बर्षनै प्रदर्शनमा आउन लागेको फिल्म ‘ए मेरो हजुर ४’ कोरोनाका कारण पछी हटी रहेको थियो l लगभग ३ पटक प्रदर्शन मिति तय गर्दै पछी हटेको फिल्मले पुनः नयाँ प्रदर्शन मितिलाई तय गरेको छ l आउँदो चैत २५ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । चैतसम्म हलले आफ्नो लय लिन सक्ने आस राख्दै निर्देशक झरना थापाले फिल्मको मितिलाई चैतमा पुर्याएकी हुन् l उक्त कुरा थापा सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् l ‘विश्वव्यापी महामारी कोरोनाको कारणले हामीले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ पूर्व घोषित मिति भाद्र १८ मा रिलिज गर्न सकेनौँ । अब बिस्तारै कोरोना कहर पनि कम हुँदै गएको साथै नेपाल सरकारले सिनेमा हलहरू पनि खोल्ने अनुमति दिएकोले बिस्तारै फिल्म क्षेत्र पनि चलायमान हुने कुरामा हामी आशावादी छौँ ।’उनले लेखेको स्ट्याटस यस प्रकारको छ l सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर ४’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् ।