फिल्म 'जार' को अफिसियल टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेताद्दय अनुप विक्रम शाही र सौगात मल्ल फरक भूमिकामा देखिएका छन l फिल्मको लिड रोल्लमा नायिका गीताञ्जली थापा रहेकी छन् l फेर्री टेल पिक्चर्सले ‘होप रिल एन्ड एलए सर्ट्स’ सँगको सहकार्यमा निर्माण भएको फिल्मलाई निर्देशक फुर्वा छिरिङ लामाको निर्देशन गरेका हुन् lगीताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता नायिका हुन् ।
‘जार’ को कथा इन्द्र बहादुर राईले लेखेका हुन् । भारतको सिक्किममा छायांकन भएको फिल्ममा सम्पूर्ण प्राविधिक काममा भारतीय टिम संलग्न छ । यो फिल्मको छायांकन गत अप्रिलमा सम्पन्न भएको थियो । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ । यथार्थपरक कथामा आधारित रहेर निर्माण गरिएको 'जार' मा केन्द्रीय द्वन्द्व नै महिला पात्र हो ।