कलाकारद्दय बुद्धि तामाङ र रश्मि गुरुङ अभिनीत म्युजिक भिडियो 'जाले रुमाल' इन्टरनेट रिलिज गरिएको छ l कृष्ण केसीको कन्सेप्ट तथा निर्देशनमा तयार भएको यस भिडियोको गीतमा आवाज र शब्द निर्देशक स्वयमकै रहेको छ l

संगीत सुरेश अधिकारीले गीतमा भरेका छन् l पवन सुस्लिङको सम्पादन र कलर साथै छायाङ्कन भिडियोमा समावेश छ l सार्वजनिक भिडियोलाई 'आफ्नो मन' युट्युब च्यानल मार्फत हेर्न सकिने छ l