अभिनेता तथा गायक प्रशान्त तामाङ लामो समय पछी पुनः ठुलो पर्दामा कमब्याक गरेका छन् l फिल्म ‘अस्तित्वको लडाइ’ मार्फत उनी दर्शक माझ आउन लागेका हुन् l उक्त फिल्मको आज सुभमुर्हत पनि भएको छ l मकवानपुरको चैनपुर राक्सिराङमा फिल्मको शुभ साइत गरिएको हो । गोविन्द गौतमको निर्देशन साथै कथा रहेको यस फिल्ममा प्रशान्तले चेपाङ युवकको भूमिका निर्वाह गर्ने छन् l कौडीको भाउमा चेपाङहरूले भूमि विक्री गर्दा हुने उनीहरूको बिल्लिबाठ फिल्मको कथा हो । फिल्ममा प्रशान्तको अलावा सुनिल थापा, सम्पदा बानियाँको मुख्य भूमिका रहने जनाइएको छ । यी कलाकारहरू बाहेक अन्य नयाँ कलाकारको पनि फिल्ममा अभिनय रहने छ l अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको निर्माण टिमको भनाइ छ l फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व समावेश रहने छ l तिहारपछि छायाङ्कन सुरु हुने फिल्मलाई चेपाङ समाजले निर्माण गर्न लागेको हो ।