लोकप्रिय कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन सिजन २' अन्तिम चरणमा आइसकेको छ l च्याम्पियन फिनालेमा आए सँगै यती बेला ३ प्रतिस्पर्धी भरतमणि पौडेल , बिक्की अग्रवाल र सन्तोष थापा भोट्को लागि दौडधुप गरी रहेका छन् l होम् भिजिटको लागि आफ्नो -आफ्नो गृह जिल्ला पुगेका यी तीन प्रतिस्पर्धीहरूलाई वरिष्ठ नेताहरूको पनि राम्रै साथ मिली रहेको छ l नेताहरूले पनि आफ्नो गृह जिल्लाका प्रतिस्पर्धीहरूलाई च्यापिएन बनाउन भोट  मागी नै रहेका छन् l केही समय अघि भरतका लागि एमाले नेता योगेश भट्टराईले भोट दिन दर्शक समक्ष अपिल गरेका थिए l योगेश भट्टराईले मागेका भोट कत्तिले दिन्छन् त्यो त थाहा छैन l तर अर्का काँग्रेसी नेता गगन थापाले पनि भोट दिन अपिल गरेका छन् l आफू पढेकै कलेज 'कोइराला मेमोरियल कलेज'मा भरतले पनि अध्ययन गरेको हुँदा l सोही हैसियतका कारण उनले पनि भरतको लागि भोट मागेको बताएका छन् l  जिपी कलेजको व्यवस्थापन समितिमा आफू रहेको, यही क्षेत्रको सांसद भएको आधारमा आफ्नो कलेजका विद्यार्थीलाई भोट माग्नु बहाना नभएर अव नैतिक दायित्व पनि भएको बताए । साथै सोही कार्यक्रममा अर्का नेता 'पूर्व मन्त्री'  नेपाली काँग्रेसका भिमशेनदास प्रधानले ५० हजार सहयोगसहित भरतमणिलाई शुभकामना दिएका थिए l भरतलाई जिताउनका लागि कलेजले अभियान चलाउँदै आएको छ ।